नियम ८४
प्रसूति स्याहार बिदा
: (१) कुनै पुरुष प्रहरी कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ ।
(२) प्रसूति स्याहार विदा सेवा अवधिभरमा दुई पटक मात्र लिन पाइनेछ ।
(३) प्रसूति स्याहार बिदामा बस्ने प्रहरी कर्मचारीले पुरा तलब, भत्ता र रासन पाउनेछ ।
(४) प्रसूति स्याहार बिदा लिएको प्रहरी कर्मचारीले बिदा लिएको मितिले तीन महिना भित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने प्रहरी कर्मचारीको त्यस्तो अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।
(६) प्रसूति स्याहार बिदाको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक गरी राख्नु पर्नेछ ।
(७) प्रसूति विदा तथा प्रसूति स्याहार बिदा पाएको प्रहरी कर्मचारीलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई बच्चाका लागि जनही एकमुष्ठ पाँच हजार रूपैयाँ शिशु स्याहार भत्ता दिइनेछ ।